सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङका सञ्चारविज्ञमा मानन्धर नियुक्त

  Sampatti News

November 27, 2020

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका सञ्चारविज्ञमा पत्रकार राजेन्द्र मानन्धर नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्ले उनलाई सञ्चारविज्ञका रुपमा नियुक्त गरेको हो । भने, सरकारका प्रवक्ता गुरुङले आज मानन्धरलाई पत्र प्रदान गरे ।

विसं २०२९ भदौ ६ गते दोलखा जिल्ला, भीमेश्वर नगरपालिका–१ मा जन्मिएका मानन्धर यसअघि ‘कान्तिपुर’ दैनिकमा उपसम्पादक थिए । ‘गोरखापत्र’ र ‘रेडियो नेपाल’ का पनि जिल्ला समाचारदाता भई काम गरेका मानन्धरले आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर गरेका छन्।

सामाजिक क्षेत्रमा समेत क्रियाशील मानन्धरले पूर्वाञ्चल विश्वविद्यालयबाट स्नातकोत्तर तहमा सेफर्ड कलेज (२०१५) मा सबैभन्दा बढी लब्धाङ्क प्राप्त गरेका थिए । कान्तिपुर पब्लिकेसन्शले उनलाई सन् २०१५ मा उत्कृष्ट कार्यसम्पादन सम्मान प्रदान गरेको थियो ।

दोलखा मिडिया प्रालिका अध्यक्षसमेत रहेका मानन्धरले अन्तरराष्ट्रिय श्रम सङ्गठन र नेपाल पत्रकार महासङ्घबाट राष्ट्रिय बालश्रम पत्रकारिता सम्मान (२००६) तथा शिक्षा विभाग र पत्रकार महासङ्घबाट राष्ट्रिय शिक्षा सम्मान (२००७) पनि प्राप्त गरेका छन् ।

प्रकाशित मिति:November 27, 2020