सिसीटिभि हस्तान्तरण कार्यक्रम सम्पन्न

  Sampatti News

November 27, 2020

काठमाडौँ । त्रिभुवन राजपथ अन्तर्गत कलंकीनागढुंगा सडकखण्डको कलंकी ढुंगेअड्डादेखि नागढुंगा पिपला मोडसम्म चन्द्रागिरि नगरपालिकाको करिब १ करोड रुपैयाँको लागतमा जडान गरिएका अत्याधुनिक ६८ वटा सिसिटिभि हस्तान्तरण गरिएको छ ।

उक्त सिसिटिभि चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरिले शुक्रवार आयोजित एक कार्यक्रमबीच महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेल मार्फत महानगरीय प्रहरी वृत्त थानकोटलाई हस्तान्तरण गरे ।
सो अवसरमा प्रहरी नायव महानिरीक्षक पोखरेलले सिसिटिभि जडान आम नागरिकको विकास, समृद्धि र सुरक्षाको आकांक्षा पूरा गर्ने एउटा माध्यम भएको बताए । हरेक नागरिकको हर्कतलाई निग्रानी गरी चोरी, लुटपाट लगायतका सम्भाव्य अपराध न्यूनीकरण गर्न सिसिटिभि जडानले महत्वपूर्ण योगदान पुर्‍याउने उनले चर्चा गरे।

हस्तान्तरण कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरिले सिसिटिभि जडानले सवारी दुर्घटना न्यूनीकरण गर्न मद्दत पुर्‍याउनुका साथै सुरक्षा व्यवस्थापनलाई थप मजबुद बनाउने विश्वास व्यक्त गरे ।
चन्द्रागिरि नगरपालिकाद्वारा आयोजित उक्त कार्यक्रममा वडा अध्यक्षहरु, प्रहरी अधिकृतहरु, संचारकर्मी लगायत स्थानीयको उपस्थिति रहेको थियो

प्रकाशित मिति:November 27, 2020