जिप दुर्घटनामा परी ६ जनाको मृत्यु, दुई जना घाइते

  Sampatti News

November 27, 2020

गुल्मी । ईस्मा गाउँपालिका–४ हुलस्थित सडकमा लु।१ ज ११६६ नम्बरको जिप अनियन्त्रित भई शुक्रबार बिहान सडकबाट करिब ४ सय मिटर तल खसेर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा ईश्मा गाउँपालिका–४ हुल बस्ने ६५ वर्षीय डम्मर बहादुर हितान, सोही ठाउँ बस्ने ३३ वर्षीय शिब बहादुर दर्लामी, ३० वर्षीय बसन्त दर्लामी, ३३ वर्षीय धन बहादुर अछामी र मालिका गाउँपालिका५ बस्ने ८० वर्षीया सुन्दरी थापाको घटनास्थलमै तथा गम्भीर घाइते भएका मालिका गाउँपालिका(५ बस्ने १९ वर्षीय फर्सुराम थापाको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
गाडीमा सवार अन्य २ जना घाइतेलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पातर्फ पठाइएको छ । जिप चालक गुल्मी ईस्मा गाउँपालिका(७ सैया बस्ने २४ वर्षीय बुद्द बस्नेतलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले उद्दार कार्य एवं थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति:November 27, 2020