यी हुन् संघीयताको औचित्य पुष्टि गर्ने मेयर, जसले पालिकाको खर्च मै पठाए दुई युवालाई पाईलट पढ्न

  Sampatti News

December 18, 2020

काठमाडौँ । संघीयता को औचित्य पुष्टि गर्दै रुकुम पश्चिम आठबिसकोट गाउँपालिकाका मेयर गोर्खबहादुर केसीले पालिका कै खर्चमा दुई युवालाई पाइलट पढ्न पठाएका छन् । उनले जिल्लाका दुई युवालाई गाउँपालिकाक‌ै खर्चमा पाईलट पढ्न पठाएका हुन् । अहिले ती युवा पाइलट बनिसकेका छन् । मेयर केसीले २६ वर्षीय गोविन्द केसी र २३ वर्षीय ललित भण्डारीलाई ५०–५० लाख लगानी फिलिपिन्स गरेर पढ्न पठाएका थिए ।

कमाउन थालेपछि किस्तामा बिना ब्याज पैसा र्फिता गर्ने सर्तमा मेयरले उनलाई पढ्न पठाएका थिए । साथै नगरपालिकाले थप एक जनालाई डक्टर पढाउनका लागि लगानी गर्न लागेको पालिका स्रोतले जनाएको छ ।

नहरपालिकाले २० जना युवालाई अनुदान दिएर प्राविधिक विषय पनि पढाइरहेको छ । रुकुमजस्तो बिकट ठाउँमा कर्मचारी सरुवा भएर आउन मान्दैनन्,त्यही भएर आफ्नै ठाउँमा आवश्यक प्राविधिक जनशक्ति उत्पादन गर्ने आफ्नो सोच रहेको मेयरले बताउनु भयो । कुनै पनि जेहेन्दार विद्यार्थीले चाहेको विषय पढ्न सकोस् र हाम्रै ठाउँमा दक्ष जनशक्ति तयार होस् भन्ने आफ्नो चाहना रहेको मेयर केसीले बताउनुभयो ।

प्रकाशित मिति:December 18, 2020