‘म जुन बनिदिन्छु’मा इन्जमम र जानकीको रोमान्स (भिडियो सहित)

  Sampatti News

December 19, 2020

गायिका प्रविशा अधिकारी र गायक सुरेश लामाको युगल गायनमा समावेश ‘म जुन बनिदिन्छु बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

रोमाण्टिक भर्सनको यस गीतमा वरिष्ठ संगीतकार रंजित गजमेरको संगीत रहेको छ भने गोपाल लोहारको शब्द रहेको छ। रंजित गजमेरले नै यस गीतलाई संगीत संयोजन गरेका हुन्।

गोदावरीमा छायांकन भएको म्युजिक भिडियोमा इन्ज़मम अली खान र जानकी थापा फिचर्ड छन् । रोहिया महर्जनले कोरियोग्राफी गरेको यस भिडियोलाई दिर्घ गुरुङले छायांकन गरेका हुन्। विकाश दहालको भिडियोमा सम्पादन रहेको छ। भीमा लोहार उत्पादक रहेको यस भिडियोलाई श्याम लामा र काजी लिम्बुको निर्देशनमा तयार पारिएको हो। गोलो प्रोडक्शनको अफिसिएल युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

प्रकाशित मिति:December 19, 2020