नबिल बैंकले लगानीकर्तालाई ३५ प्रतिशत लाभांश दिने

  Sampatti News

December 22, 2020

काठमडौँ । नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई अहिले सम्ममा पारित भएको मध्य उच्च लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको आज पुस ६ गते, बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले ३३ दशमलव ५ प्रतिशत बोनस शेयर अर्थात १०० कित्ता बराबर ३३ दशमलव ५ कित्ता तथा बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि १ दशमलव ७६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

प्रकाशित मिति:December 22, 2020