नेपाल तेक्वान्दो संघद्धारा तेक्वान्दो खेलाडीलाई खेल सामाग्री प्रदान

  Sampatti News

December 23, 2020

काठमाडौँ । नेपाल तेक्वान्दो संघले पारा राष्ट्रिय टिमलाई ट्रयाक सुट तथा खेल सामग्री वितरण गरेको छ । बुधबार सातदोबाटोस्थित तेक्वान्दो संघको केन्द्रिय कार्यालयमा रहेको हलमा कांग्रेसका खेलकद विभाग प्रमुख मोहन बस्नेतको प्रमुख आतिथ्यतामा पारा राष्ट्रिय टिमका खेलाडीलाई ट्रयाक सुट तथा खेल पोशाक वितरण गरिएको हो ।

तेक्वान्दो खेलाडी संगिना वैद्य र रवि महर्जनले संयोजन गरेको कार्यक्रममा खेलाडीलाई ट्रयाक, जुत्ता, ब्याग र टिशर्ट प्रदान गरिएको थियो । कार्यक्रममा बिभागका प्रमुख बस्नेतले खेल र खेलाडीको बिकास आफुहरुको प्राथमिकता राखेको र अव नेपाली खेल जगतलाई अन्तराष्ट्रिय स्तरमा पुराउन सबैले हातेमालो गर्नुपर्ने बताउनु भयो ।

तेक्वान्दोकी पूर्व खेलाडी तथा प्रशिक्षक संगिना वैद्यले विभिन्न सहयोगी संस्था तथा ब्यक्तिसंग सहकार्य गरेर पारा खेलाडीलाई खेल सामाग्री जुटाईएको जानकारी गराउनु भयो । संघका अनुसार बज्र सेक्युरिटीले ट्रयाक, गोदावरीले जुत्ता, स्तम्भ बहुउद्धेश्य सहकारीले ब्याग र पूर्व कराते खेलाडी बिनोद महर्जन र उमेश मल्लले टिशर्ट सहयोग गरेका हुन् ।

प्रकाशित मिति:December 23, 2020