राम्रो कामको लागि हामीले ओलीलाई कहिले रोक्यौँ, स्वार्थ पुरा गर्न कृते हस्ताक्षर गरेको आरोप लगाउनु भो–नेता भिम रावल

  Sampatti News

December 27, 2020

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली नेता तथा सांसद डा. भीम बहादुर रावलले राम्रो काममा आफुहरुले कहिल्लै हस्पक्षप नगरेको जिकिर गर्नुभयो रावलले प्रधानमन्त्री ओलीले आफुलाई काम गरेको आरोप लाउँदै आईरहेको बेला पहिलो पटक सार्वजनिक रुपमा अभिव्यक्ति दिँदै राम्रो काममा आफुहरुले सधै सपोर्ट गरेको बताउनुभएको हो । रावलले ओलीले बारम्बार आरोप लगाउँदै आउनुभएको कृते हस्ताक्षर गरेको सम्बन्धमा पनि प्रधानमन्त्रीको आरोप झुट रहेको स्पष्ट पार्नु भएको छ । संसद विघटनविरुद्ध परेको रिटमा सम्मानित अदालतले संविधान र जनमतको कदर गर्ने भन्दै आफूहरुमा न्यायालयप्रति पूर्ण विश्वास रहेको समेत रावलले स्पष्ट पार्नुभयो ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रावलले यस्तो बताउनुभएको हो । उनले नेकपाको सात दशक लामो ईतिहासमा अहिले जे घट्ना भैरहेको छ यो अत्यन्तै दुःखद् रहेको सुनाउँदै भन्नुभयो,‘विगतका फूटका श्रृंखलाको अन्त्य गरेर नेपाली जनताको स्वाभिमानलाई उँचो पारेर अघि बढ्छौं भनेर स्वयम ओली र प्रचण्डले प्रतिज्ञा गर्नुभएको थियो । तर, ओली त्यो प्रतिज्ञामा टिक्नुभएन् । हामीले बरु उहाँहरुलाई ध्यानाकार्षण गराएका थियौं ।

ओली प्रम हुने कुरा लगभग निश्चित् थियो, भारतीय विदेशमन्त्रीलाई आमन्त्रण गरेर गलत काम र कदम चाल्नुभयो । सोल्टीमा विदेशी महिलाले आयोजना गरेको होली वाईन कार्यक्रममा सोल्टी होटलमा चार÷चार दिन बस्नुभयो । यो पनि आपत्तिजनक थियो । हामीले विरोध गर्यौं । भारतीय चलचित्रकर्मीलाई डेढ अर्ब खर्च गरेर सम्मान गर्ने निर्णय गर्नुभयो, हामीले विरोध गरेपछि रोकियो । भारतबाट आयात गरिने तरकारी परीक्षण गरेरमात्रै भित्र्याउने भन्यौं, पछि उहाँले राष्ट्रकासामू माफी माग्नुभयो ।

ओलीजीले आजकाल के भन्नुहुन्छ भने–मलाई काम गर्न दिईएन भन्नुभयो । हो, हामीले देश हितमा नभएका काम नगर्न भन्यौं । जस्तो, विम्स्टेक सम्मेलनमा उहाँले संयुक्त सैन्य अभ्यास भारतको पुनेमा गर्ने सहमति गर्नुभयो । तर, हामीले आपत्ति जनायौं । अन्तर्राष्ट्रिय समितिले आपत्ति गर्यो । कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतले सुरक्षाकर्मी राखेको छ । भारतले राजनीतिक नक्सामा समेत त्यो भूभाग समावेश गर्यो । हामीले आवाज उठायौं ।

हामीले नक्सा प्रकाशनको लागि दबाब दियौं । तर, उहाँले सुन्नुभएन । जब भारतीय रक्षामन्त्रीले जब सडक खुलाउनुभयो, तब उहाँले नक्सा प्रकाशन गर्छु भनेर भन्न बाध्य हुनुभयो । उहाँले संसदमा भाषण गरेको स्मरण गर्छु कि नक्सा किन प्रकाशन गर्ने ? बरु भूमि ल्याउने हो नि भनेर भन्नुभयो । तर, आजकाल नक्सा प्रकाशन गरेकोले हटाउन खोजियो भन्नुभयो । प्रधानमन्त्रीजस्तो मान्छेले तथ्यहिन कुरा गर्न सुहाउँछ ?’

प्रकाशित मिति:December 27, 2020