प्राविधिक कारण बिजुली काटिदा लोडसेडिङ भनेर अफवाह फैलाईयोः निर्देशक शाक्य

  Sampatti News

January 1, 2021

काठमाडौं । विद्युत् प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पत्रकार सम्मेलन गरेर लोडसेडिङ नभएको बताएका छन् । पछिल्ला केही दिनमा अघोषित रुपमा लोडसेडिङ हुन थालेपछि नेपाल विद्युत् प्राधिकरणप्रति चौतर्फी रुपमा आलोचना भएको छ । सोही आलोचनालाई पखालेर प्राधिकरण चोखो बन्न निर्देशक शाक्यले पत्रकार सम्मेलन गरी लोडसेडिङ नगरेको बताएका हुन् ।

शुक्रबार ऊर्जा सचिव दिनेशकुमार घिमिरेलाई साथमा राखेर उनले लोडसेडिङ गर्नुपर्ने अवस्था नभएको जिकिर गरे । उनले यही पुस १३ र १४ गते प्राविधिक कारणले बिजुली काटिएको समेत दावी गरे ।

उनले अनावश्यक रुपमा विजुली काटने आफनो ध्येय नरहेको र प्राविधिक कारणले बिजुली काटिदा त्यसलाई लोडसेडिङ नभन्न समेत आग्रह गरे ।

उनले प्राविधिक कारणले कहिले काही व्यवस्थापन गर्न बिजुली काटिने भएकाले त्यसैका आधारमा पुनः अघोषित लोडसेडिङ गरेको भनेर बुझ्न नहुने बताए ।

उनले केही सवस्टेशनले अघिल्ला वर्षमा पनि अधिकतम ४९ घण्टासम्म बिजुली काटिएको भन्दै यसवर्ष न्यूनतम १९ घण्टासम्म मात्रै बिजुली काटिएको तथ्यांक समेत पेश गरे । लोड व्यवस्थापन गर्ने सवालमा प्राविधिक समस्या आउँदा एकाध मिनेट बिजुली काटिएको भएपनि लोडसेडिङ भने नभएको बताए ।

यही पुस १३ गते मध्यमस्र्याङदी जलविद्युत् आयोजनामा समस्या आउँदा त्यसको प्रभाव खिम्ती लामोसाँघु प्रसारण लाइन ट्रिप भएको र ढल्केबरमा समेत समस्या आएको बताए । यस्तै पुस १४ गते बानेश्वरको ६६ केभी प्रसारण लाइनमा समेत समस्या आएको जानकारी दिए ।

समस्या आउने बित्तिकै समाधान गर्न आफूहरु प्रभावकारी रुपमा लागेको उनले बताए । समस्या आयो र समाधानमा लाग्नुपर्छ भन्ने तर्फ जनताको सचेतता पनि बढेको भन्दै उनले सकेसम्म समस्या आउनै नदिने तर्फ लागेको उनको प्रष्टोक्ति छ । जाडोका कारण पछिल्ला दिनमा बिजुलीको माग बढेको पाइएको कायममुकायम कार्यकारी निर्देशक शाक्यले जानकारी दिए ।

उनले लोडसेडिङ हुने कुनै सम्भावना नभएको दावी गरे । औद्योगिक क्षेत्रमा समेत उनले बिजुलीको खपत बढाउन समेत आग्रह गरे । बिजुली पुर्याउनका लागि सबै प्रकारको उपाय अवलम्बन गरिने स्पष्ट पारे । दाउरा, पेट्रोल तथा खाना पकाउने ग्यासको आपूर्ति क्रमशः घटाएर लैजानुपर्नेमा जोड दिए ।

पछिल्लो दिनमा जाडोका कारणले १ हजार ४६० मेगावाट बिजुली माग भएको जानकारी दिए । बिजुलीको खपत बढ्दै गएकाले पनि केही स्थानमा समस्या आएको भएपनि त्यसलाई समाधान गरिने जानकारी दिए ।

शाक्यले भारतमा पिक आवरमा गत वर्षको भन्दा १०० मेगावाट बढी बिजुली ल्याइएको जानकारी दिए । प्राधिकरणको विवरण अनुसार ११५०५ मेगावाट घण्टा आयात भइरहेको छ ।

प्राधिकरणका आयोजना पूर्ण क्षमता चलाइएको र दिउँसोको समयमा प्राधिकरणका अर्धजलाशयुक्त आयोजना नचलाइएको दावी गरे । प्राधिकरणका आयोजनाबाट ५५० मेगावाट विबुली उत्पादन भइरहेको छ । कुलेखानी भने आवश्यकताका आधारमा मात्रै चलाइएको उनको भनाइ छ ।

ल्याएका छौ । पूर्ण क्षमतामा ल्याउने नेपालको जालशय बन्द गरिएको छ । ५५० प्राधिकरणको चलीरहेको छ । कुलेखानी आवश्यकता अनुसार चलाइएको छ । कूल रुपमा १ हजार ४६० मेगावाट बिजुली माग छ । उनले कोरोनाका कारण चुहावट नियन्त्रणमा लाग्न नसकेको बताए । उनले गत वर्षभन्दा प्राविधिक चुहावट डेढ प्रतिशतले बढेको तथ्यांक दिए ।

पत्रकार सम्मेलनमा ऊर्जा सचिव घिमिरेले प्राविधिक समसया आउन नदिन प्राधिकरण पूर्ण रुपमा चनाखो भएर लाग्नुपर्ने बताए । उनले भने समस्या आउनै नदिने तर्फ तपाईहरु लाग्नुस । नागरिकप्रतिको जिम्मेवारीलाई पूर्ण रुपमा परिपालना गरोस ।’मन्त्रालयले प्राधिकरणलाई आवश्यक सहजीकरण गरिरहेको भन्दै गुणस्तरीय सेवा प्रदान गर्न सचिव घिमिरेले आग्रह गरे ।

प्रकाशित मिति:January 1, 2021