पछिल्लो २४ घण्टामा थप ५२२ सङ्क्रमित

  Sampatti News

January 5, 2021

काठमाडौँ । नेपालमा थप ५२२ जना कोभिड–१९ का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर चार हजार ५५१ जनाको पिसिआर परीक्षण भएकोमा ३३८ पुरुष र १८४ महिला गरी ५२२ मा कोरोना पुष्टि भएको हो । गत २४ घण्टामा काठमाडौँ उपत्यकामा १३९ पुरुष र ९३ महिला गरी २३२ सङ्क्रमित भेटिएका छन् ।

हालसम्म देशभर कोरोना सङ्क्रमितको कूल सङ्ख्या दुई लाख ६२ हजार ७८४ पुगेको छ । अहिले देशभार पाँच हजार २२५ कोरोना सङ्क्रमित छन् । पछिल्लो २४ घण्टामा ५७८ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ५५ हजार ६६६ पुगेको छ । निको भएको दर ९७ दशमलव ३ प्रतिशत रहेको छ । गत २४ घण्टामा कोरोन सङ्क्रमणबाट थप आठ जनाको मृत्यु भएसँगै कूल मृतक सङ्ख्या एक हजार ८९३ पुगेको छ । अहिले २०३ आइसियु र ४४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

प्रकाशित मिति:January 5, 2021