रिक्त सचिव पदका लागि तीन जनाको नाम सिफारिस

  Sampatti News

January 31, 2021

काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले रिक्त एक जना सचिव पद(विशिष्ट श्रेणी) का लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवत्रय सुमनराज अर्याल, मुकुन्द पौड्याल र दामोदर रेग्मीको नाम सिफारिस गरेको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पठाइएको प्रस्ताव बिहीबार दिउँसो प्रधानमन्त्री कार्यालयमा पुगेको थियो । सोही दिन साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठक बसे पनि सचिव बढुवाबारे निर्णय भने नभएको बुझिएको छ ।

यसअघि पनि पहिलो नम्बरमा सिफारिस भएका सुमनराज अर्याल यस पटकको सिफारिसमा पनि पहिलो नम्बरमा नै सिफारिसमा परेका छन् । अब बस्ने बैठकबाट सचिव बढुवा निर्णय हुनेछ ।

प्रकाशित मिति:January 31, 2021