मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. साह नियुक्त

  Sampatti News

January 31, 2021

काठमाडौँ । प्रदेश २ सरकारले स्थापना गरेको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. रामकेवल साहले नियुक्ति पाएका छन् । त्यस्तै रजिष्टारमा डा. विनोद यादव र रेक्टरमा डा. अंकुर साह नियुक्त भएका छन् ।

आइतबार उनीहरुलाई मुख्यमन्त्री लालबाबु राउतले नियुक्ति पत्र हस्तान्तरण गरेका हुन्। त्यस अवसरमा मुख्यमन्त्री राउतले प्रदेशकै गौरबको योजनाको रुपमा रहेको प्रतिष्ठानको पदाधिकारी नियुक्ति गौरवको कुरा भएको बताए ।

नवनियुक्त पदाधिकारीको लागि अवसर र चुनौती दुबै रहेको उल्लेख गर्दै उनले यसै वर्षदेखि प्रतिष्ठानमा शैक्षिक कार्यक्रमहरु सञ्चालन हुने पनि जानकारी दिए । प्रादेशिक अस्पताल जनकपुरलाई आधार मानेर प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेको छ ।

प्रकाशित मिति:January 31, 2021