कालिमाटिमा आज फलफूल तथा तरकारीको मूल्य

  Sampatti News

February 1, 2021

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्य विवरण अनुसार आज सुकेको प्याज (भारतीय)लाई औसतमा प्रतिकेजी ६७ रुपैयाँ पर्नेछ ।

त्यस्तै, हरियो प्याजलाई प्रतिकेजी ५५ रुपैयाँ, भिण्डी ९५ रुपैयाँ, ब्रोकाउली ५५ रुपैयाँ, आलु रातो २८ रुपैयाँ, आलु रातो ९भारतीय०लाई २४ रुपैयाँ र सेतो आलु २० रुपैयाँमा कारोबार हुनेछ ।

काउली तराई २२.५० रुपैयाँ, काउली स्थानीय ३० रुपैयाँ, गोलभेडा ठूलो (नेपाली)लाई ४५ रुपैयाँ, गोलभेडा सानो १७.५० रुपैयाँ, गोलभेडा सानो (टनेल)लाई प्रतिकेजी १६ रुपैयाँ, गोलभेडा सानो (तराई) २७.५० रुपैयाँ, गोलभेडा सानो (भारतीय) २४ रुपैयाँ पर्नेछ भने गुन्द्रुक २३५ रुपैयाँमा कारोबार हुने समितिले जनाएको छ ।

प्रकाशित मिति:February 1, 2021