थप १६५ जनामा कोरोना पुष्टि, १६५ जना संक्रमणमुक्त

  Sampatti News

February 9, 2021

काठमाडौँ । मुलुकमा पछिल्लो २४ घण्टामा थप १६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ४ हजार ३०९ जनाको पिसिआर परीक्षण गर्दा १६५ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार २१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा १६५ जना कोरोना संक्रमित संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ६८ हजार ४३१ पुगेको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या २ हजार ४७ पुगेको छ ।

यस्तै देशभर हाल ८९ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन् । ६४ जना आइसियु र १५ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति:February 9, 2021