आन्तरिक राजश्व विभागको महानिर्देशकमा मैनाली

  Sampatti News

February 9, 2021

काठमाडौं । आन्तरिक राजस्व विभागको महानिर्देशक पदमा दीर्घराज मैनाली नियुक्त भएका छन् । यसअघि राजश्व अनुसन्धान विभागको महानिर्देशक रहेका मैनालीलाई आन्तरिक राजश्व विभागमा नियुक्त गरिएको हो ।

अर्थ मन्त्रालयकाअनुसार आन्तरिक राजश्व विभागको महानिर्देशक नियुक्त गरी सहमतिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएको छ । यसअघि आन्तरिक राजश्वमा विनोद कुवर थिए । उनको सरुवा भएसँगै मैनालीलाई त्यहाँ ल्याइएको हो ।

राजश्व अनुसन्धान विभागमा रहँदा बरुण बेभरेज (पेप्सी)सहित थुप्रै कम्पनीको कर छलीको सफल अनुसन्धान र कारवाही गरेका उनी सक्षम र आँटिला व्यक्तिका रुपमा चिनिन्छन् ।

प्रकाशित मिति:February 9, 2021