विभिन्न स्थानमा अवैध लागूऔषधसहित ५ जना पक्राउ

  Sampatti News

February 23, 2021

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित सडकबाट १३.५ ग्राम अवैध लागूऔषध अफिम जस्तो देखिने वस्तु सहित बारा आदर्श कोतवाल गाउँपालिका–३ ठेगाना भएका १९ वर्षीय रितिक कुमार यादवलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले रितिकलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । उनी उपर लागूऔषध अफिम मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।
मोरङ, बिराटनगर महानगरपालिका–१६ दुर्गा मन्दिर नजिकबाट करिब ३ ग्राम ९ सय ४० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन सहित उदयपुर कटारी नगरपालिका–७ तकिया बस्ने २१ वर्षीय रुपेश फुयाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । को.२ ह ३७२९ नम्बरको टेम्पोलाई लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले जाँच गर्दा टेम्पोभित्र लुकाई ल्याएको उक्त खैरो हेरोइन सहित फेला पारी टेम्पो चालक रुपेशलाई पक्राउ गरेको हो ।

सुनसरी, ईटहरी उपमहानगरपालिका–११ खनारबाट करिब ९ किलो अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ सिमरवना बस्ने २२ वर्षीय मिथिलेश बिकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो । साथै फरार रहेका मोरङ बस्ने २७ वर्षीय श्री चौधरीको प्रहरीले खोजी गरिरहेको छ ।

महोत्तरी, जलेश्वर नगरपालिका–३ रातो पुल नजिकैबाट करिब ३० किलो अवैध लागूऔषध गाँजा सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत घर भएका २१ वर्षीय बिजय पासवान र सोही ठाउँ घर भएका २० वर्षीय गुडु कुमार रहेका छन् । प्रहरी चौकी भिठ्ठामोडबाट खटिएको प्रहरीले उक्त गाँजा सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति:February 23, 2021