घुस लिएको आरोपमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित दुईजना पक्राउ

  Sampatti News

February 26, 2021

बुटवल । रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जनालाई अख्तियारले नियन्त्रणमा लिएको छ । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा उनीहरुलाई अख्तियारले नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा–३ लोण्डिहवा रूपन्देहीका कार्यालय प्रमुख समेत रहेका इन्स्पेक्टर दधिराम पौडेल र सशस्त्र प्रहरी नायव निरीक्षक राजेश पासी बिहीबार पक्राउ परेका हुन् ।

अख्तियारका प्रवक्ता सुरेश भुसालका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएका टोलीले सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

काठ फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा गैडहवा–३ बाट नियन्त्रण्मा लिएर थप अनुसन्धान अघि बढाइएको उनले बताए ।

प्रकाशित मिति:February 26, 2021