२ रूपैयाँले बढ्यो पेट्रोलियम पदार्थको मूल्य

  Sampatti News

March 2, 2021

काठमाडौं । नेपाली बजारमा तेल (पेट्रोल, डिजेल र मट्टीलेत) को मूल्य प्रतिलिटर दुई रुपैयाँले बढेको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार खरिदमूल्य बढेर घाटा चुलिएपछि निगमले तेलको मूल्य बढाएको हो ।

समायोजित मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ११६ रूपैयाँ पुगेको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य लिटरको ९९ रूपैयाँ पुगेको छ । निगमले ग्यासको मूल्य भने बढाएको छैन ।नयाँ मूल्यसूचीअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रूपैयाँ ४२ पैसा घाटा छ । यस्तै डिजेलमा ६ रुपैयाँ ५६ पैसा र एलपी ग्यासमा ३९२ रूपैयाँ ८२ पैसा घाटा छ । निगमले हवाई इन्धनको मूल्य आन्तरिकतर्फ पाँच रूपैयाँ बढाएको छ ।

तेलको मूल्य समायोजनपछि पनि निगमलाई प्रतिपन्ध्र दिनमा एक अर्ब ३२ करोड रुपैयाँ घाटा छ ।

प्रकाशित मिति:March 2, 2021