प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक बस्दै

  Sampatti News

March 3, 2021

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक बस्न लागेको छ । उक्त केन्द्रीय कमिटी बैठक आज सचिवालयको निर्णय अनुसार बस्न लागेको हो ।

बैठक पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्न लागेको हो । पछिल्लो राजनीतिक घटनाक्रमबारे रणनीति बनाउने गरी बैठक बस्न लागेको बताइएको छ ।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरिदिएपछि प्रचण्ड–माधव समूहका नेताहरु आगामी सरकार गठनका लागि कांग्रेस सभापति शेरबहादुर देउवा,जनता समाजवादी पार्टीका नेताहरुलाई समेत भेटेर छलफल गरिरहेका छन् ।

२३ गते संसद बैठकसमेत आह्वान भैसकेकोले पनि कसरी प्रस्तुत हुने विषयमा प्रचण्डमाधव समूहले केन्द्रीय समितिबाट रणनीति तय गर्ने बुझिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिएकोले उनीमाथि अविश्वासको प्रस्ताव ल्याउने विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।

प्रकाशित मिति:March 3, 2021