मलाई पदको लोभ छैन, प्रधानमन्त्री बन्ने अफर आए छानिन्नः देउवा

  Sampatti News

March 4, 2021

काठमाडौं । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको प्रस्ताव आएपछि नहट्ने बताएका छन् । बुधबार चितवनमा आयोजित कार्यक्रममा सभापति देउवाले काँग्रेसलाई पदको लोभ नभएपनि काँधमा आएको जिम्मेवारीबाट नभाग्ने बताए । ‘नेपाली काँग्रेसलाई पदको लोभ छैन । काँधमा आएको जिम्मेवारीबाट भाग्ने वाला पनि छैन,’ देउवाले भने । कार्यक्रमा देउवाले ‘शेरबहादुर प्रधानमन्त्री हुन नहुने भन्ने सानो चित्त’ नगर्न वरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह गरे ।

सोही कार्यक्रमा वरिष्ठ नेता पौडेलले काँग्रेस सरकारमा जान नहुने बताएका थिए । काँग्रेसले हैसियत अनुसारको भूमिका निर्वाह पर्ने उनको भनाइ थियो । काँग्रेसले हैसियत अनुसारको भूमिका निर्वाह गर्नुपर्छ, यतिबेला विपक्षी दलको सही भूमिका निर्वाह गर्नुपर्छ । यद्यपि हामी सानो संख्यामा छौं, तैपनि हाम्रो भूमिका ठूलो छ, हाम्रो जिम्मेवारी ठूलो छ,’ पौडेलले भनेका थिए ।

सत्तासीन नेकपाका केपी ओली र प्रचण्ड–माधव नेपाल पक्षले सत्ता सहकार्यका लागि देउवालाई प्रस्ताव गरिरहेका बेला उनले जिम्मेवारी आए पछि नहट्ने बताएका हुन् ।

प्रकाशित मिति:March 4, 2021