कोरोनाविरुद्धको खोप लगाएपछि आज बिरामी भए डा. भट्टराई

  Sampatti News

March 4, 2021

काठमाडौँ। हिजो कोरोनाविरुद्धको खोप लगाएपछि पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई आज बिरामी परेका छन् । उनलाई उच्च ज्वरो आएको हो । १०४ डिग्रीसम्म ज्वरो आएपछि उनी स्वास्थ्य जाँचका लागि बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका हुन् । विभिन्न जाँचपछि चिकित्सकको प्रत्यक्ष निगरानीमा रहने गरी डा। भट्टराई बिहीबार नै घर फर्किएका छन्।

हालै भारतको नयाँ दिल्ली पुगेर स्वास्थ्य जाँच गरेर फर्किएका उनलाई सामान्य ज्वरो आइरहेको थियो। सोही अवस्थामा बुधबार कोरोनाविरुद्धको खोप लगाएपछि ज्वरो बढेको उनका प्रेस संयोजक विश्वदीप पाण्डेले जानकारी दिए।

डा। भट्टराईको स्वास्थ्यलाई शिक्षण अस्पतालका साथै वीर अस्पतालका केही चिकित्सकहरुले निगरानी गर्ने भएका छन्।

प्रकाशित मिति:March 4, 2021