माग नै नभएको विषयमा फैसला भयो, कानूनी परामर्शबाट पुनरावलोकनमा जान्छौंः माधव नेपाल

  Sampatti News

March 8, 2021

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतले गरेको निर्णय उपयुक्त नलागेको बताएका छन् । उनले मागै नभएको विषयमा प्रवेश गरेको बताउँदै पुनरावलोकनमा जाने समेत बताएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम दावीसहित गरिएको रिटको सुनुवाइ गर्दा सर्वोच्चले एमाले र माओवादी केन्द्र बीच भएको एकता प्रक्रिया नै भंग गर्ने फैसला उपयुक्त नलागेको बताए ।

अब यसको न्यायिक बाटो भनेको पुनरावलोकन रहेको उनको भनाई छ । एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको सन्दर्भमा कसरी अगाडि बढ्ने भन्नेबारे छलफल भइरहेको पनि नेपालको भनाइ छ ।

‘पहिले सबै पक्षको अध्ययन गर्छौं । छलफल गर्छौं र त्यसपछि मात्रै यसबारेमा धारणा बनाउँछौं’, नेपालले भने । अदालतले एमाले र माओवादी केन्द्र एकता गर्ने भए प्रक्रिया अगाडि बढाउनु भन्ने अदालतको फैसलाबारे पनि कुनै निर्णयमा नपुगिसकेको अध्यक्ष नेपालको भनाइ छ । यसबारे पनि छलफल भइरहेको उनले बताए ।

प्रकाशित मिति:March 8, 2021