पेरिसडाँडामा नेकपाको ‘अन्तिम बैठक’ बसेर माधव नेपाल पक्ष फर्कियो एमालेमा

  Sampatti News

March 9, 2021

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अन्तिम बैठक सकिएको छ ।​ माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको प्रचण्ड(नेपाल पक्षको बैठक नै सम्भवतः अन्तिम बैठक भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नेपाल पक्षको आन्तरिक छलफलपछि बसेको बैठकको निर्णय अनुसार नेपाल पक्ष एमालेमा फर्किएको हो ।

बैठकमा सर्वोच्चको फैसलाप्रति गम्भीर असहमति व्यक्त गर्‍यौँ । यसप्रकारको बैठक नेकपाको अन्तिम बैठक हुन सक्छ, उनले भने ।

उनले अझै पनि एकताको पहल भने जारी राख्ने बताए । ‘सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा जाने नै भयो’ उनले भने दुईवटा पार्टीको बीचमा फेरि एकताको पहल भयो भने त्यही ढंगले हुनेछ । अब माओवादी केन्द्र र एमालेको प्रक्रिया अघि बढ्नेछ ।’

अब सर्वोच्च अदालतको फैसला अनुसार तत्कालिन नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र) ब्यूँतिने भएको छ । नेकपा केपी ओली समूहले सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने यस अघि नै प्रतिक्रिया दिइसकेको छ ।

प्रकाशित मिति:March 9, 2021