वरिष्ठ चिकित्सक घिमिरे गरे अस्‍पताल बनाउन सवा १ करोड मूल्‍य बराबरको जग्‍गा दान

  Sampatti News

March 16, 2021

बर्दिबास । महोत्तरीका दन्‍त रोग चिकित्‍सक डा. सुवाश घिमिरेलेले अस्‍पताल बनाउनका लागि सवा १ करोड मूल्‍य बराबरको जमिन दान गरेका छन् ।

बर्दिबास नगरपालिका–३ पाटुस्थित पुर्ख्यौली गाउँमा सरकारी जनरल अस्पताल निर्माणका लागि वरिष्‍ठ चिकित्‍सक डा. घिमिरेले एक करोड २५ लाख रुपैयाँ मूल्य पर्ने पाँच कठ्‍ठा जग्गा दान गरेका हुन् ।

उक्त जग्गामा बन्न लागेको सरकारी जनरल अस्पताल भवनको शिलान्यास नगरप्रमुख विदुर कार्कीले गरेका हुन् । शिलान्‍यास कार्यक्रममा वडा–३ का अधक्ष्य राजन ढुंगाना, डा. घिमिरेका दाजु श्याम घिमिरेलगाएतको उपस्‍थिति थियो ।

प्रकाशित मिति:March 16, 2021