आज नेप्से परीसुचक १२.८८ अंकले बढ्यो

  Sampatti News

April 1, 2021

काठमाडौं । बिहीबार शेयर बजार कारोबारको अन्तिम दिन (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ ।
बिहीबार परिसूचक ०.४९ प्रतिशत अर्थात १२.८८ अंकले उकालो लाग्दै २६३१.८९ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
आज नेप्से परिसूचक २६१९.०१ को बिन्दुबाट सुरु भएको थियो । अन्तिम समयसम्म १३ उपसमूहमध्ये ४ उपसमूह ओरालो लागेका छन् । होटेल, जीवन बीमा, म्युचुअल फण्ड र लगानी समूह ओरालो लागेका हुन् भने बाँकी ९ उपसमूह बढेका छन् ।
२ सय १८ कम्पनीको कारोबार भएकोमा ९७ कम्पनीको शेयरमुल्य बढेको छ भने ६७ कम्पनीको शेयरमुल्य घटेको हो र बाँकी १६ कम्पनीको शेयर स्थिर रहेको छ ।
आज १ करोड ४३ लाख ९० हजार ४४७ कित्ता शेयर ७४ हजार २०८ पटक खरिद बिक्री हुदाँ ७ अर्ब २५ करोड ९ लाख रुपैंया बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति:April 1, 2021