आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

  Sampatti News

April 1, 2021

काठमाडौँ । ओखलढुङगा । सिद्धिचरण नगरपालिका–८ सल्लेरी बस्ने दिर्घ कुमारी मगरको घरमा खाना पकाउने क्रममा बुधबार राति आगलागी हुँदा घर, नगद ३ लाख रुपैयाँ, अन्नपात र भाँडावर्तन समेत गरेर करिब ११ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति:April 1, 2021