शिक्षा मन्त्रालयको कामः वर्क फ्रम होम र आलोपालोमा हुने

  Sampatti News

April 29, 2021

काठमाडौँ । निषेधाज्ञामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वर्क फ्रम होम र आलोपालो प्रणालीमा काम सञ्चालन गर्ने भएको छ ।

मन्त्रालयले आजदेखि सुरु भएको निषेधआज्ञाको समयमा आलोपालो प्रणालीमा गर्ने, घरबाटै गर्न सकिने कामको हकमा वर्क फर्म होमको व्यवस्था गर्न र यसरी पालोमा अनुपस्थित हुने कर्मचारीको हकमा सम्बन्धित कार्यलय प्रमुखले कोभिड काज बनाउने निर्णय गरेको छ ।

आफ्नो मातहतमा रहेका केही आयोग, केन्द्रीय कार्यालय र केही परियोजनाको काम भिडभाड कम गर्दै काम सुचारु राख्ने मन्त्रालयले जनाएको छ ।

सूचनामा आफू मातहतका २३ वटा कार्यलयहरुलाई कोभिड १९ रोकथामका लागि नेपाल सरकार मन्त्री परिषदबाट निर्णय भएकोले सो बमोजिम गर्नु गराउन निर्देशन दिएको प्रवत्ता दीपक शर्माले जानकारी विज्ञप्तिमार्फत् दिए ।

सार्वजनिक कार्यलयमा अनावश्यक भिडभाड हुन नदिन र अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यलय बाहेक अन्य कार्यलयमा आलोपालो पद्धति अनुसार कर्मचारी खटाइ काम सूचारु राख्ने व्यवस्था मिलाउन कार्यलय प्रमुखलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति:April 29, 2021