कामना सेवाको ऋणपत्रलाई अन्तराष्ट्रिय स्तरको परिचय अंक

  Sampatti News

April 30, 2021

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडको १० वर्ष अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर भएको ऋणपत्र –KSBBL Debenture, 2087) ले अन्तराष्ट्रिय स्तरको परिचय अंक International Securities Identification Number (ISIN) प्राप्त गरेको छ ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतका नियम तथा विनियम बमोजिम सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा कारोबार गर्न ऋणपत्र अभौतिकीकरण समेत गरिएको छ । ९% कामना सेवा विकास बैंक लिमिटेड डिबेन्चर २०८७ (ऋणपत्र) लाई NPE068A1101 प्रदान गरिएको छ ।
मिति २०७७÷१०÷२२ गते बिहीबार निष्काशन तथा बिक्री खुल्ला गरिएको ऋणपत्रले २०७८ बैशाख १५ मा उक्त अंक प्राप्त गर्न सफल भएको छ । उक्त परिचय अंक अन्तराष्ट्रिय स्तरमा ऋणपत्र, बन्ड, स्टक आदि जस्ता धितोपत्र सहज तरिकाले पहिचान गर्न मद्दत गर्छ । ISIN ऋणपत्रहरुलाई सजिलो र स्पष्ट रुपमा क्लियरिङ्ग र फुकुवा गर्न प्रदान गरिन्छ ।

प्रकाशित मिति:April 30, 2021