नेकपा एकीकृत समाजवादी चुनावसम्म गठबन्धन कायम राख्छः अध्यक्ष माधवकुमार नेपाल

नेकपा एकीकृत समाजवादी यो हप्ता भित्रै सरकारमा जाने पक्का

  Sampatti News

September 18, 2021

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले एकीकृत समाजवादीले सरकारमा चाडैं नै सहभागिता जनाउँदै गठबन्धनकै जगमा चुनाव सम्पन्न गर्ने बताएका छन् । रौतहट–काठमाडौं सम्पर्क मञ्चलाई एकिकृत समाजवादीमा रुपान्तरण गर्न आयोजीत कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले सो कुरा बताएका हुन् ।
साथै प्रदेश १ र बागमतिको मुख्यमन्त्री पनि आफ्नो पार्टीले पाउने अध्यक्ष नेपालको भनाई छ ।

प्रदेश १ मा राजेन्द्र कुमार राई र बागमतिमा राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने समाजवादीको तयारी रहेको छ । उनले यसै हप्ता मन्त्रीपरिषद् विस्तार हुने र आफ्नो पार्टी सरकारमा जाने पनि बताएका हुन् । उनले भने ‘प्रदेश १ र बागमतिमा हाम्रो पार्टीका मुख्यमन्त्री बन्दैछन्, एक हप्ताभित्रै हामी संघीय सरकारमा पनि सहभागी हुँदैछौं, जनपतिक्षय काम गरेर पार्टीलाई जनतामाझ स्थापित गराउँछौं ।’

उनले देशैभर आफ्नो पार्टीमा गोलवद्ध हुने कार्यकर्ताहरुको संख्या बढिरहेको र आगामी निर्वाचनमा ओलीको भन्दा ठूलो पार्टी बनाएर देखाउने दावी गरेका छन् ।


रौतहट–काठमाडौं सम्पर्क मञ्च एकिकृत समाजवादीमा रुपान्तरणः

तत्कालिन एमालेको रौतहट–काठमाडौं सम्पर्क मञ्च नेकपा(एकिकृत समाजवादी)मा समाजवादीमा रुपान्तरण भएको छ । सचित कुमार कुँइकेल नेतृत्वको सिंगो कमिटी तथा त्यसका सबै पूर्व अध्यक्षहरुले एकिकृत समाजवादीमा रुपान्तरित भएको प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा संघीय संसदको विकास तथा प्रविधि समिति सभापति एंव पार्टी केन्द्रिय सदस्य कल्याणी खड्का, सांसद तथा केन्द्रिय सदस्य सरला यादव,नेता बिजय गुरुङ संबिधान सभा सदस्य रामकुमार भट्टराई, अर्थबिद डा. चन्द्रमणी अधिकारी बुद्धिजीवी, इन्जिनियर गिरिधर मिश्र एकिकृत समाजवादीको रौतहट जिल्ला कमिटी सचिव लक्ष्मण रेग्मी,प्रदेश सम्पर्क मञ्चका नेता नवराज तिमल्सिना ,बेदनाथ कोइराला लगायतका नेताहरुले आआफ्नो धारणा राखेका हुन् । कार्यक्रममा पाँच सय भन्दा बढीको संख्यामा कार्यकर्ताहरु सहभागी थिए।
सो कार्यक्रममा नयाँ जिम्मेवारी लिएका सबैलाई बिकास तथा प्रबिधि समितिका सभापति माननीय खडकाले अबिर लगाइ बधाई तथा शुभकामना दिएका हुन् ।

प्रकाशित मिति:September 18, 2021