को हुन एमालेबाटै मेयर जितेका सुवेदिलाई मुक्का हान्ने स्ववियू सदस्य युवा ?

  Sampatti News

September 20, 2021

को हुन एमालेबाटै मेयर जितेका सुवेदिलाई मुक्का हान्ने स्ववियू सदस्य युवा ?

बुटवल । आज बुटवलका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक नेकपा एमालेकै कार्यकर्ता रहेको खुलेको छ ।

सोमबार पहिरो निरीक्षण गर्न बुटवल–३ ज्योतिनगरमा पुगेका एमाले रूपन्देहीका अध्यक्षसमेत रहेका मेयर सुवेदीलाई मुक्का हान्ने पनि अनेरास्ववियु कै रहेको खुलेको हो ।

मुक्का हान्ने युवकको नाम गणेश पंगेनी हो । उनी अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी सदस्य समेत रहेका छन् ।

उनी लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका विद्यार्थी हुन् ।

उनी पहिरो प्रभावित क्षेत्र बुटवल–३ ज्योतिनगरका बासिन्दा हुन् ।

पहिरोले ज्योतिनगरवासी विस्थापित र असुरक्षित हुँदा स्थानीय सरकारले चासो नदिएकाले आक्रोशित भएर उनले मुक्का हानेको प्रहरीलाई बयान दिएका छन् ।

को हुन एमालेबाटै मेयर जितेका सुवेदिलाई मुक्का हान्ने स्ववियू सदस्य युवा ?

प्रकाशित मिति:September 20, 2021