वडाध्यक्षले आधा रातमा भत्काइदिए मन्दिरको संरचना

  Sampatti News

September 26, 2021

वडाध्यक्षले आधा रातमा भत्काइदिए मन्दिरको संरचना

कपिलवस्तु वडाध्यक्षले आधा रातमा एक्स्काभेटर प्रयोग गरी मन्दिरको संरचना भत्काइदिएका छन् ।

कपिलवस्तु नगरपालिका-७ धमौलीमा मध्य रातमा मन्दिरको संरचना भत्काइएको हो। ​

धमौली गाउँभित्र रहेको राम जानकी मन्दिर परिसरमा रहेको पर्खाल र बरन्डाको भाग एक्स्काभेटर प्रयोग गरी भत्काइएको छ ।

मध्यरातमा ठूलो आवाज आएपछि गत वर्ष बनाइएको संरचना भत्काइएको स्थानियले जानकारी पाएका थिए ।

स्थानीयले कपिलवस्तु नगरपालिका-७ का वडाध्यक्ष धर्मात्मामणी त्रिपाठीको आदेशमा रातको समयमा एक्स्काभेटर प्रयोग गरि राम जानकी मन्दिर परिसरको संरचना भत्काएको आरोप लगाएका छन्।

शुक्रबार दिउँसो मन्दिरको संरचना तोड्न केही श्रमिक आएपछि स्थानीयले अवरोध गरेका थिए।

गत वर्ष नगरपालिकाले ५ लाखभन्दा बढी रकम खर्च गरेर मन्दिरको पर्खाल निर्माण गरेको थियो।

सो कामको डिजाइन चित्त नबुझेपछि परिवर्तन गराउने उद्देश्यले संरचना भत्काएको वडा कार्यालयका कार्यालय सहायक राम अचल यादवले बताए।

भत्काइएको स्थलमा छानासहितको संरचना निर्माण गराउने योजना रहेको उनले बताए।

वडाध्यक्षले आधा रातमा भत्काइदिए मन्दिरको संरचना

प्रकाशित मिति:September 26, 2021