प्रविधिमैत्री नबन्दा लोप हुँदै पाल्पाका फलाम उद्योग

  Sampatti News

March 8, 2020

जिल्लामा रहेका फलाम उद्योगहरुले पछिल्लो प्रविधि अनुसार विकास हुन नसक्दा विस्तारै लोप हुने अवस्थामा पुगेकबा छन् । यहाँका कुनैपनि स्थानीय तहले स्थानीय उद्योगहरुको प्रवर्द्धनमा चासो नदेखाउँदा पाल्पाको औधोगिक पहिचान नै संकटमा पर्ने खतरा बढेको हो ।

आजभोली स्थानीय सीप र प्रविधिको उपयोगबाट बनेका कृषि औजार मात्र होइन, खाना पकाउने फलामका भाँडा बनाउने व्यवसायहरु नै गाउँघरमा विरलै मात्रामा देखिन थालेका छन् ।

कुटिर उद्योगका रुपमा परापूर्वकाल देखि नै स्थापित व्यवसाय पछिल्लो समय सीपको पुस्ता हस्तान्तरण हुन नसकेका कारण लोप हुँदै गएको स्थानीयहरु बताउँछन् । यसका साथै जिल्लाका कारखानामा कोइलाको अभाव हुनु, सीप र प्रविधीले आधुनिकतासँग प्रतिष्पर्धा गर्न नसक्नु जस्ता कारणहरुले यहाँका फलाम कारखाना लोप हुन थालेका हुन् ।

प्रकाशित मिति:March 8, 2020