प्रियंका गान्धी सितापुरबाट हिरासतमा

  Sampatti News

October 4, 2021

काठमाडौं-कांग्रेस नेतृ प्रियंका गान्धीलाई प्रहरीले हिरासतमा लिइएको छ।

भारतको उत्तर प्रदेशस्थित लखिमपुर खिरी जाँदै गरेकी कांग्रेस नेतृ प्रियंका गान्धीलाई प्रहरीले सितापुरबाट हिरासतमा लिइएको हाे।

उत्तर प्रदेशका कांग्रेस नेता अजय कुमार लल्लुले प्रियंकालाई हिरासतमा लिएको जानकारी दिए । उनी लखिमपुर खिरीमा किसानको हत्या गरिएको घटनामा सहभागी हुन त्यसतर्फ जानेक्रममा पक्राउ परेकी हुन् ।

यस्तै बहुमजन समाज पार्टीका नेता सतिशचन्द्र मिश्रले पनि आफूलाई लखिमपुर खिरी जान रोक लगाएको जानकारी दिए।

यस्तै युपीका पूर्वमुख्यमन्त्री अखिलेश यादवलाई पनि उक्त स्थानमा जान रोक लगाइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

सैबीच लखिमपुर खिरीमा प्रदर्शनकारी किसानको मृत्युको विषयमा आज बिहानै पत्रकार सम्मेलन समेत आयोजना गरिएको थियो।

पत्रकार सम्मेलनका क्रममा किसान नेताले केन्द्रीय राज्यमन्त्री अजय कुमार मिश्रा टेनीका छोराले किसानमाथि गोली हानेको दाबी गरिएको छ।

भारतीय किसान युनियनका नेता राकेश टिकैतले पत्रकार सम्मेलनमा मन्त्री मिश्रालाई बर्खास्त गर्न, उनका छोरालाई गिरफ्तार गर्न र मृतकका परिवारलाई १–१ करोड क्षतिपूर्ति दिन माग गरेका छन्।

हिजो दिउँसो लखिमपुरको तिकुनिया इलाकामा किसान र भारतीय जनता पार्टीका कार्यकर्ताबीच भएको झडपमा चार किसानसहित आठ जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति:October 4, 2021