पिण्ड सेलाउन नदीमा जाँदा डुबेर बेपत्ता भएका पुरुषको शव फेला

  Sampatti News

October 7, 2021

गोरखा-श्राद्ध सकेर नदीमा पिण्ड सेलाउने क्रममा डुबेर बेपत्ता भएका पुरुषको शव फेला परेको छ ।

मस्याङ्दी नदीमा डुबेर बेपत्ता भएका गोरखा नगरपालिका–१४ गोप्लिङका ४७ वर्षीय पूर्णबहादुर दराईको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।

बुधबार दिउँसो करिब ३ः३० बजे सो नदीमा श्राद्धपछि पिण्ड सेलाएर पौडी खेल्ने क्रममा नदीले बगाएर उनी बेपत्ता भएका थिए ।

घटनालगत्तै प्रहरी र स्थानीयवासीले खोजी गरेको भए पनि फेला नपरेपछि कुरिनटारस्थित विपद् सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन शिक्षालयबाट गोताखोरको टोली झिकाएर खोजी गर्ने क्रममा आज बिहान शव फेला परेको जनाइएको छ ।

बेपत्ता भएको स्थलदेखि केही तलबाट उहाँको शव फेला परेको प्रहरी नायब उपरीक्षक दाहालको भनाइ छ ।

प्रकाशित मिति:October 7, 2021