नेता योगेश भट्टराई अस्पताल भर्ना

  Sampatti News

October 22, 2021

काठमाडौँ-नेकपा एमालेका नेता योगेश भट्टराई अस्पताल भर्ना भएका छन् ।

विगत तीन दिनदेखि आएको ज्वरो नघटेपछि नेता भट्टराईलाई अस्पताल भर्ना गर्नुपरेको भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईंले जानकारी दिएका छन् ।

ज्वरो आएपछि केही दिन घरमै बसेर सामान्य उपचार गरेका भट्टराई ज्वरो कम नभएपछि शुक्रवार दिउँसो वीर अस्पतालमा भर्ना भएका हुन् ।

प्रकाशित मिति:October 22, 2021