शंकर सिंह डोबाल कांग्रेसका वडा उपसभापति एमालेका वडा सचिव

  Sampatti News

October 24, 2021

काठमाडौँ-दार्चुलाका शंकर सिंह डोबाल एकै पटक कांग्रेसका वडा उपसभापति तथा एमालेका वडा सचिव भएका छन् ।

कांग्रेसको वडा उपसभापतिमा निर्वाचित शंकर सिंह डोबाल एमालेको वडा सचिवमा चयन भएका छन् ।

गत ९ असोजमा सम्पन्न नेपाली कांग्रेसको वडा महाधिवेशनबाट उनी महाकाली नगरपालिका–२ को उपसभापतिमा चयन भएका थिए ।

शनिबार गरिएको नेकपा एमालेको वडा अधिवेशनमा डोबाल सचिवमा चयन भएका हुन् ।

कांग्रेस महाकालि नगरपालिकाका प्रवक्ता पदम सिंह महरले डोबाल एमालेमा प्रवेश गरे नगरेकोबारे जानकार नभएको बताएका छन्।

शनिबार सम्पन्न गरिएको वडा अधिवेशनमा वीर सिंह डोबाल अध्यक्ष र शंकर सिंह डोबाल सचिवमा चयन गरिएको नेकपा एमाले दार्चुलाले जनाएको छ ।

प्रकाशित मिति:October 24, 2021