बिरालोले बच्चा सारे जस्तो पार्टी कार्यलय सार्दै एमाले

  Sampatti News

October 24, 2021

काठमाडौँ- एमालेले बिरालोले बच्चा सारे जस्तो फेरी पार्टी कार्यलय सार्ने भएको छ ।

एमालेले आफ्नो पार्टी कार्यलय च्यासलमा सार्ने भएको हो । ललितपुर च्यासल स्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सार्ने गरि आज तुलसीलाल स्मृति प्रतिष्ठानसँग समझदारी भएको एमाले महासचिव ईश्वर पोखरेलले बताएका छन्।

महासचिव पोखरेलले फेसबुकमा लेखेका छन्, ‘नेकपा (एमाले) र तुलसीलाल स्मृति प्रतिष्ठानबीच आज महत्वपूर्ण समझदारी ।

अब केही समय पछि देखि नेकपा (एमाले)ले केन्द्रीय कार्यालयबाट सम्पन्न गरिने सम्पूर्ण काम यहीँबाट हुनेछन्।’

२०७२ मा आएको भुकम्पले बल्खु पार्टी कार्यलयमा क्षती पुर्याएपछी एमालेको पार्टी कार्यलय धुम्वाराहीमा सरेको थियो ।

तत् पश्चात प्रधानमन्त्रि बनेका केपी ओलीले अघोषित रुपमा पार्टी कार्यलय बालुवाटार स्थित प्रधानमन्त्री निवासमा सारेका थिए ।

त्यसबेला पार्टीका सम्पुर्ण बैठक तथा कार्यक्रमहरु बालुवाटार बाटै सम्पादित हुने गरेको थियो ।

पछिल्लो समय थापाथली स्थित एक ब्यापारिको घरमा रहेको कार्यलय हाल ठाउ साघुरो भएको भन्दै च्यासल स्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सार्न लागिएको हो ।

प्रकाशित मिति:October 24, 2021