राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा विष्णु ढकाल नियुक्त

  Sampatti News

November 2, 2021

काठमाडौँ-विष्णु कुमार ढकाल राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवमा नियुक्त भएका छन् ।

मन्त्रालयका निमित्त सचिव डा. कमल प्रसाद पोखरेलले युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट ढकाललाई सदस्य सचिवको जिम्मेवारी तोकिएको जानकारी दिएका छन् ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा मंगलबार बसेको मन्त्रीस्तरीय बैठकले खेलकुद बिकास ऐन २०७७ को दफा १७ को उपदफा १२ बमोजिम मन्त्रालयका सहसचिव ढकाललाई राखेपको सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको पोखरेलले बताए ।

प्रकाशित मिति:November 2, 2021