‘सूर्यवंशी’ले तीन दिनमा कमायो ७७ करोड

  Sampatti News

November 9, 2021

‘सूर्यवंशी’ले तीन दिनमा कमायो ७७ करोड

काठमाडौं- रोहित सेट्टीले निर्देशन गरेको बलिउड चलचित्र ‘सूर्यवंशी’ले तीन दिनमा ७७ करोड कमाएको छ ।

भारतीय मिडियाका अनुसार उक्त फिल्मले प्रदर्शन भएकै दिन २६ करोड उठाएको थियो भने दोस्रो दिन २३ करोड र तेस्रो दिन ७७ करोड कमाएको हो ।

शुक्रबारबाट प्रदर्शनमा आएको उक्त फिल्म नेपालमा पनि धेरैले रुचाएका छन्।

कोरोना महामारीपछि पहिलोपटक प्रदर्शनमा आएको सूर्यवंशीले तीन दिनमा ८० करोडको आसपासमा आउने बताइएको छ ।

महामारीपछि उक्त फिल्मले १०० करोड कमाउने पहिलो बलिउड फिल्म बन्ने अनुमान गरिएको छ।

फिल्ममा अक्षयकुमार र कट्रिना कैफको प्रमुख भूमिका रहेको छ। फिल्ममा अजय देवगण, रणवीर सिंहको पनि अभिनय छ।

कोरोनापछि चर्चित फिल्मको रुपमा उक्त फिल्म रहेको देखिन्छ।

‘सूर्यवंशी’ले तीन दिनमा कमायो ७७ करोड

प्रकाशित मिति:November 9, 2021