राष्ट्रिय खेलकुद परिषद्का ९ बोर्ड सदस्य बर्खास्त

  Sampatti News

November 19, 2021

राष्ट्रिय खेलकुद परिषद्का ९ बोर्ड सदस्य बर्खास्त

काठमाडौं-राष्ट्रिय खेलकुद परिषद् (राखेप) का ९ जना बोर्ड सदस्यलाई युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय बर्खास्त गरेको छ।

मन्त्रालय स्रोतका अनुसार रेणुका श्रेष्ठ, सुवर्ण श्रेष्ठ, सुवास श्रेष्ठ, सम्पन्न श्रेष्ठ, अर्जुनबहादुर केसी र विज्ञका रुपमा मनोनित इन्दिरा निरौला एवं रिम रानाभाटलाई बर्खास्त गरेको हो।

त्यस्तै उद्योग वाणिज्य महासंघबाट मनोनित गोपाल खनाल तथा शाहसिक, परम्परागत तथा पर्यटकीय खेलकुदबाट मनोनित गोविन्द भट्टराईलाई पनि बर्खास्त गरेको छ।

मन्त्रीस्तरीय निर्णयअनुसार यसअघि खेलकुद मन्त्री महेश्वरजंग गहतराजले राखेपका ९ जना बोर्ड सदस्यसँग स्पष्टीकरण मागेका थिए ।

उनीहरुले चित्तबुझ्दो स्पष्टीकरण नदिएपछि बर्खास्त गरेको मन्त्रालय स्रोतले बताएको छ तदापी स्पष्टीकरण भने सार्वजनिक गरिएको छैन्

१ कात्तिकमा राखेप सदस्यसचिव रमेश सिलवाललाई बर्खास्त गरेको सरकारले थप ९ जनालाई हटाएको हो । उनीहरू सबैलाई अघिल्लो सरकारले नियुक्त गरेको थियो ।

तत्कालीन युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले उनीहरुलाई बोर्ड सदस्यमा मनोनित गरेका थिए।

राखेपको हितमा उनीहरूले कुनै योगदान गर्न नसकेको भन्दै हटाउनकै लागी युवा तथा खेलकुद मन्त्रालयले उनिहरुसँग स्पष्टीकरण सोधेको थियो । तीन दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिँदै मन्त्रालयले जवाफ चित्त नबुझे कारबाही गर्ने बताएको थियो ।

‘तपाईंले राष्ट्रिय खेलकुद परिषद्को सदस्यका रूपमा आफ्नो पदीय जिम्मेवारी पूरा नगरेको र परिषद्को हितमा योगदान पुर्‍याउन सकेको नदेखिएकाले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ७ को उपदफा (२) को अवस्था सिर्जना भएकाले ऐनको दफा ७ को उपदफा (३) बमोजिम सदस्य पदबाट किन नहटाउने ? ’, मन्त्रालयले सोधेको थियो ।

स्पष्टीकरण सोधिनेमा विज्ञका रूपमा मनोनीत इन्दिरा निरौला र रिम रानाभाटसहित खेलकुद संघबाट मनोनीत अर्जुन केसी, सम्पन्न श्रेष्ठ, सुवर्ण श्रेष्ठ, रेणुका श्रेष्ठ र सुवास श्रेष्ठ छन् ।

यसैगरी साहसिक, परम्परागत तथा पर्यटकीय खेलकुदबाट मनोनीत गोविन्द भट्टराई, उद्योग वाणिज्य महासंघबाट मनोनीत गोपाल खनाल लगाएत सबै ९ जना थिए । आज यिनै ९ जनालाई बर्खास्त गरिएको हो ।

राष्ट्रिय खेलकुद परिषद्का ९ बोर्ड सदस्य बर्खास्त

प्रकाशित मिति:November 19, 2021