महाकाली पारि नेकपा(एमाले)को समानान्तर कमिटी

  Sampatti News

November 22, 2021

महाकाली पारि नेकपा(एमाले)को समानान्तर कमिटी

कञ्चनपुर-दोधारा चाँदनी नगरपालिकामा नेकपा(एमाले)को समानान्तर कमिटी गठन गरिएको छ ।

किशोर लिम्बुको अध्यक्षतामा आइतवार समानान्तर कमिटी गठन गरिएको हो ।

समानान्तर कमिटीको उपाध्यक्षमा शम्भुराज भट्ट, सचिवमा गणेश भाट, सहसचिवमा सुनिता सुनार र पदम रावल रहेका छन ।

नेकपा(एमाले)को जिल्ला कमिटीले केही दिन अघि मात्रै हरि सिंह धनाडीको नेतृत्वमा सर्वसम्मत रुपमा ५५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको थियो।

जसमा नगर उपाध्यक्षमा ओम बस्नेत, सचिवमा गणेश भाट, उपसचिवमा ओमप्रकाश रोकाया र कमला आग्रीलाई राखिएको थियो ।

धनाडीको नेतृत्वमा रहेको कमिटीका सचिव लिम्बुको समानान्तर कमिटीमा समेत सचिवका रुपमा रहेका छन् ।

धनाडीको नेतृत्वमा रहेको कमिटी स्वीकार्य नरहेको भन्दै लिम्बुले समानान्तरण कमिटी गठन गरेका छन ।

जिल्ला नेतृत्वको विभेदकारी निर्णय विरुद्ध कमिटी घोषणा गरिएको लिम्बुको भनाई रहेको छ ।

लिम्बु दोधारा चाँदनीका नेकपा(एमाले)का पुराना नेताका रुपमा परिचित छन।

उनी डेढ दशक देखि पार्टीको नगर नेतृत्व सम्हाल्दै आएका थिए ।

सय जना भन्दा बढी कार्यकर्ताको उपस्थितिमा कमिटी गठन गरिएको र जिल्ला कमिटीले घोषणा गरेको कमिटीका ३९ जना आफुले गठन गरेको कमिटीमा फर्किएको लिम्बुको दावी रहेको छ।

महाकाली पारि नेकपा(एमाले)को समानान्तर कमिटी

प्रकाशित मिति:November 22, 2021