‘पाटनर चुज योर सेल्फ’ छिट्टै शुटिङ्गमा जाने

  Sampatti News

December 12, 2021

‘पाटनर चुज योर सेल्फ’ छिट्टै शुटिङ्गमा जाने

काठमाडौ-धिमाल फिल्मस को ब्यानरमा बन्न लागेको सिरिज “पाटनर” चुज योर सेल्फ को सम्पुर्ण तयारी सकाएर छिट्टै शुटिङ्गमा जाने भएको छ।

जसमा प्रतिक्क्षा कार्की ले मुख्य भुमिका निर्वाह गर्ने भएको छ ।

प्रतिक्क्षा कार्की “पाटनर” मा चाइ “प्रिती” नामको भुमिकामा देखिने छ।

देव धिमाल को लेखन निर्देशन , विजय राज भुर्तेलको सम्पादन दिनेश गौतमको गित संगीतमा रानी शाक्य को स्वर रहने भएको छ ।

सिरिजमा अमित ठाकुरले मुख्य सहायक निर्देशक गर्ने भएका छन् भने छायांकनमा प्रबेस राई र राहुल कोइराला रहने छन्।

काठमाडौ, पोखरा, जोमसोम वरिपरि छायांकन हुने सिरिज को पोस्ट प्रोडक्सनको जिम्मा विजय राज फिल्मस लाई दिइएको छ।

सिरिजमा राज कुमार शाह अन्जली श्रेष्ठ, सबिना लामा, सरिता रसाइली, रोजी बर्देवा, प्रीयन्सी श्रेष्ठ, निरज काफ्ले, प्रीयन्का श्रेष्ठ, राजु राज पुरी, बिनिषा कार्की, नयश च्याम्लिंग राई, कौशिला भित्रकोटी, पुनम परियार, जीवन बुढाथोकी, अतित व्लोग्स, बिराज सुबेदी, प्रिया ओली, रुमा थापा, प्रजिता पाण्डे, लगायत का कलाकारहरु को मुख्य भुमिका रहने भएको छ ।

प्रतिक्क्षा कार्की हाल डिसहोम मिडियाको सहकार्यमा प्रसारित कमेडी प्लस टेलिभिजनमा कार्यक्रम सञ्चालिकाको रुपमा कार्यरत छिन् ।

प्रकाशित मिति:December 12, 2021