मिस वर्ल्ड प्रतियोगिता स्थगित

  Sampatti News

December 17, 2021

काठमाडौं-बिश्वभरीका सुन्दरीहरुले भागलिने लोकप्रिय प्रतियोगिता ‘मिस वर्ल्ड’ स्थगित भएको छ ।

प्रतियोगी तथा निर्णायक मण्डल समेतमा कोरोना भाईरस संक्रमण देखिएपछी प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको हो ।

मिस वर्ल्ड आयोजकले प्रेस विज्ञप्ति जारी गर्दै अहिलेलाई प्रतियोगिता स्थगित गरिएको जानकारी दिएका छन् ।

उनिहरुले ९० दिनभित्र अवस्था सामान्य भएको खण्डमा प्रतियोगिता पुन आयोजना गर्ने जनाएका छन् ।

यो प्रतियोगिता अमेरिकाको पुएर्तो रिकोमा आयोजना गर्ने तयारी गरिएको थियो ।

यसका लागि विश्वका सुन्दरीहरु केही हप्तादेखि पुएर्तोमा वर्कसप गरिरहेका थिए ।

शुरुमा सात जना प्रतिस्पर्धीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसपछि अन्यको परीक्षण गर्दा पनि कोरोना देखिएपछि पुएर्तो रिकोको स्वास्थ्य विभागले प्रतियोगिता रोक्न निर्देशन दिएको हो ।

प्रतियोगितामा भाग लिनका लागि नेपालबाट मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ पनि अमेरिका पुगिसकेकी छन्

अब आयोजकले सबै प्रतियोगीहरुको कोरोना परीक्षण गरेर उनीहरुलाई आफ्नो देश फर्काउने तयारी गरेको छ ।

प्रकाशित मिति:December 17, 2021