मन्त्री आलेद्वारा नागरिक उड्डयनका चार जनाको बढुवा

  Sampatti News

December 31, 2021

मन्त्री आलेद्वारा नागरिक उड्डयनका चार जनाको बढुवा

काठमाडौँ-पर्यटन मन्त्री प्रेम आलेले नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)का चार जनाको बढुवा गरेका छन् ।

मन्त्री प्रेम आलेको अध्यक्षतामा बसेको बोर्डको बैठकले ११ औँ तहका प्रेमनाथ ठाकुर, हंसराज पाण्डे, देव चन्दलाल कर्ण र गोविन्द प्रसाद दाहाललाई १२ औँ तह उपमहानिर्देशकमा बढुवा गर्ने निर्णय गरेको हो ।

प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीको उमेर हदका कारण हुन लागेको अवकाशको पूर्वसन्ध्यामा उनीहरुलाई बढुवा गरिएको हो ।

१२औं तहमा बढुवा भएकाहरु ११औं तहका सिनियर अधिकारीहरु हुन् ।

उनीहरुलाई आज शुक्रबार पत्र दिने प्राधिकरणको तयारी रहेको बताइएको छ ।

मन्त्री आलेद्वारा नागरिक उड्डयनका चार जनाको बढुवा

प्रकाशित मिति:December 31, 2021