नगरपालिकाका प्रशासकीय अधिकृत जुवा खालबाट पक्राउ

  Sampatti News

January 2, 2022

नगरपालिकाका प्रशासकीय अधिकृत जुवा खालबाट पक्राउ

काठमाडौँ-प्रहरीले नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित १३ जनालाई जुवाको खालबाट पक्राउ गरेको छ ।

जाजरकोटको भेरी नगरपालिका –४ गैरीखालीस्थित सन्तोष श्रेष्ठको घरबाट बिहान तीन बजे प्रहरीले निमित्त प्रमुख प्रशासकीय अधिकृत र सोही नगरपालिकाको ६ नम्बर वडाका अध्यक्षसहित १३ जनालाई पक्राउ गरेको हो ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती र नेपाली काङ्ग्रेसबाट विजयी सोही नगरपालिकाको ६ नम्बर वडाका अध्यक्ष शशी बुढासहित १३ जना पक्राउ परेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

उनीहरूको साथबाट २ लाख ५२ हजार एक सय २० रुपैयाँ नगदसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

नगरपालिकाका प्रशासकीय अधिकृत जुवा खालबाट पक्राउ

प्रकाशित मिति:January 2, 2022