औषधि व्यवस्था विभागमा दुईजना महानिर्देशक

  Sampatti News

January 18, 2022

औषधि व्यवस्था विभागमा दुईजना महानिर्देशक

काठमाडौँ-औषधि व्यवस्था विभागमा अहिले दुईजना महानिर्देशकको उपस्थितीहुन थालेको छ ।

गत मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको मन्त्री स्तरीयबाट महानिर्देशक नारायण ढकाललाई राष्ट्रिय प्रयोगशालामा सरुवा गरेर भरत भट्टराईलाई औषधि व्यवस्था विभागको जिम्मेवारी दिएका थिए ।

ढकालले जिम्मेवारी हस्तान्तरण नगर्दा हालै सरुवा भएर आएका भरत भट्टराई जोडिदा विभागमा दुई महानिर्देशक भएका हुन् ।

अहिले बिभागमा दुई जना महानिर्देशक हाजिर गरिरहेका छन् ।

ढकालले जिम्मेवारी हस्तान्तरण नगर्दा सरुवा भएर विभाग आएका भट्टराई हाजिर गरेर घर हिँड्ने गरेका छन् ।

मन्त्री स्तरीय निर्णयबाट स्वास्थ्यमन्त्रीले गरेको सरुवामध्य विर अस्पतालको सरुवा प्रम देउवाले बदर गरेसँगै त्यस्कै आडमा ढकालले जिम्मेवारी हस्तान्तरण नगरेको जानकारहरुले बताएका छन् ।

औषधि व्यवस्था विभागमा दुईजना महानिर्देशक

प्रकाशित मिति:January 18, 2022