सबै इन्जिनियरहरुलाई समेट्दै कुपण्डोल घोषणापत्र जारी

  Sampatti News

January 18, 2022

सबै इन्जिनियरहरुलाई समेट्दै कुपण्डोल घोषणापत्र जारी

नेपाल इन्जिनियर्स एशोसिएसनको ३३ औं कार्यकारिणी समितिको निर्वाचन करिब डेढ बर्षदेखि हुन सकेको छैन ।

कोरोना महामारीको प्रभावले हुने नसकेको निर्वाचन डेढ बर्षपछी माघ ७ गतेकालागी हुने तय भएकोमा अहिले फेरी कोरोनाको तस्रो लहर आएसँगै पुन अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

यिनै समस्याको उपाय स्वरुप इन्जिनियर तथा आर्किटेक्टहरुले उच्चतम प्रविधिको प्रयोगमार्फत अनलाइन भोटिङ गरेर नेपाल इन्जिनियर्स एशोसिएसन ३३ औं कार्यकारिणी समितिको निर्वाचन गर्न माग गरेका छन् ।

एकिकृत प्रगतिशील इन्जिनियर समूहले हिजो ललितपुरमा आयोजना गरेको इन्जिनियर तथा आर्किटेक्टहरुको राष्ट्रिय अनलाईन भेलामा सहभागी इन्जिनियरहरुले वैकल्पिक विधिको प्रयोगद्धारा नेइएको निर्वाचन तत्काल गर्न सुझाव दिएका हुन् ।

झण्डै डेढ बर्षदेखि कोरोना लगायतका कारण नेइएको निर्वाचन हुन नसक्दा समिति नै बन्धक जस्तै बनेकाले अनलाईन बिधिबाट भोट हाल्ने व्यावस्थासहितको निर्वाचन प्रणलीको विकास गर्न आवश्यक रहेको बताएका छन् ।

अब भौतिक उपस्थितीमा मतदान गर्नपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्दै नयाँ चुनावी प्रणालीको विकास गरेर देश विदेशमा रहेका इन्जिनियर तथा आर्किटेक्टले आफ्नै कार्यकक्षबाट समेत मतदान गर्न सक्ने अवस्था श्रृजना गर्न तर्फ लाग्नुपर्ने सुझाएका थिए ।

भेलामा सहभागी सातै प्रदेशका इन्जिनियर तथा आर्किटेक्टले यसरी पटक पटक चुनाव सारेर नेइएलाई नेतृत्वबिहिन बनाउन नहुने बताउदै अनलाईन ईलेक्सनको मार्ग सुझाएका हुन् ।

सबै इन्जिनियरहरुको कुरालाई समेट्दै उक्त भेलाले कुपण्डोल घोषणापत्र जारी गरेको छ ।

उक्त भेलको निष्कर्षलाई कुपण्डोल घोषणपत्रको रुपमा जारी गर्दै अनलाईन ईलेक्सन गर्न एकिकृत प्रगतिशील इन्जिनियर समूहले जोडदार माग गरेको हो ।

उक्त भेलामा उपस्थित इन्जिनियरहरुले महामारीलाई अवसरको रुपमा सदुपयोग गर्दै चुनाव प्रक्रियालाई प्राबिधिक रुपमा बिकासगर्दै अनलाईन ईलेक्सनमा जानुपर्ने बताएका हुन्

डेढ बर्षदेखि नेइएको निर्वाचन हुन नसक्दा नयाँ पासआउट भएर आएका इन्जिनियर तथा आर्किटेक्टहरुले एशोसिएसनको सदयता पाउँनबाट समेत बन्चित भएकोप्रति पनि नेतृत्वले गम्भिरतापुर्वक सोच्नुपर्ने बताएका थिए ।

यस्तै सहभागीहरुले नेइएलाई राजनीतिक नभएर व्यावसायीक बनाउनुपर्नेमा पनि बिशेष जोड दिएका थिए ।

उक्त भेलामा एकीकृत प्रगतिशील इन्जिनियर समुहका तर्फबाट नेइएको ३३ औं कार्यकारिणी समिति केन्द्रको पदाधिकारी तथा सदस्यका उम्मेदावार, परिषद सदस्य र सातै प्रदेशका उम्मेदावारहरु सहभागीता रहेको थियो ।

भेला आयोजना गर्नुको औचित्यबारे प्रष्ट पार्दै एकिकृत प्रगतिशील इन्जिनियर समूहका संयोजक ई। सरोज कुमार उपाध्ययले नेइएको चुनाव तत्काल रोकिए पनि आफुहरुको चुनावी कार्यक्रम नरोकिएको बताए ।

स्वास्थ्य मापदण्डको पूर्ण पालना सहित वैकल्पिक माध्यमबाट भरपर्दो र विश्वासिलो रुपमा नै चुनाव गराई नेईएको शाख जोगाउनुपर्छ भन्ने छलफल चलिरहेकै बेला निर्वाचन नै स्थगीत गरिएकोले मितव्ययी चुनाव, स्मार्ट नेइए, सार्थक समाजवादी समाजको नमुना पेश गर्न भेला आयोजना गरिएको उनले बताए ।

भर्चुअल माध्यमबाट आयोजित उक्त भेलामा उक्त समुहबाट उम्मेदवारी दिएका केन्द्र देखि प्रदेश सबै उम्मेदवारहरुको सहभागीति रहेको थियो ।

एकीकृत प्रगतिशील समूहबाट सत्तारुढ नेकपा(माओवादी केन्द्र),नेकपा एकीकृत समाजवादी र जनता समाजवादी निकट इन्जिनियरहरुले संयुक्त रुपमा उम्मेदवारी दिएका छन् ।

यस्तो छ कुपण्डोलमा आयोजित भर्चुअल भेलाले जारी गरेको कुपण्डोल घोषणापत्र

मिती २०७८ माघ ३ गते नेपाल ईन्जिनीयर्स एशोसिएशन को ३३ औ केन्द्रीय कार्यकारिणी समिती प्रदेश नम्बर -१, मधेश प्रदेश समिती, बाग्मति प्रदेश समिती, लुम्बिनी प्रदेश समिती, गण्डकी प्रदेश समिती, कर्णाली प्रदेश समिती, सुदूर पश्चिम प्रदेश समिती र नेपाल ईन्जिनीयरीडं परिषद सदस्य को निर्वाचन सम्बन्धमा गरिएको एकीकृत प्रगतिशील ईन्जीनियर्स समुह को ईन्जिनीयर्स तथा आर्किटेक्ट हरू को राष्ट्रीय अनलाईन भेला द्वारा कोपुण्डोल घोषणा – पत्र समसामयिक प्रस्तावहरू पारित गर्दै जारी गरिएको छ ।

  1. विश्वव्यापी रूपमा कोभिड महामारी फैलिएपछि अहिले राज्यको भूमिका र विकासको मोडलका बारेमा नयाँ आयामबाट राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा बहस भइरहेको छ । विकास भनेको आर्थिक विकास तथा सडक, रेल, विमानस्थल र भ्युटावर निर्माण मात्रै होइन, सामाजिक तथा मानव विकास पनि उत्तिकै महत्त्वपूर्ण आयाम हो । अबको अर्थनीति र विकासको मोडलले आर्थिक विकासका साथै मानव विकासलाई पनि समान प्राथमिकता दिनुपर्ने अनिवार्य परिस्थिति सृजना भएको छ । नागरिकका लागि आर्थिक र भौतिक विकासका साथै सामाजिक तथा मानव विकास उत्तिकै महत्त्वपूर्ण हुन्छन्  यो भेला ले यसलाई आत्मसात् गरेको घोषणा गर्दछ !
  2. विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड-१९ को विभिन्न उत्परिवर्तनका कारणले विश्वलाई फेरी पनि आक्रान्त बनाएको छ। छिमेकी मुलुक सँगसँगै नेपालमा पनि पछिल्लो समय संक्रमण दर गुणात्मक रुपमा फड्को मारेको अवस्था छ। यसै बीच कोभिडको फैलदो सञ्जाललाई टुक्राउने र कम गर्ने प्रयत्न स्वरुप कोभिड -१९ सङ्कट व्यवस्थापन केन्द्र, (सीसीएमसी) ले मिति २०७८ पौष २५ गते दिएको हेल्थ प्रोटोकल र पालन गर्नु पर्ने नियम प्रति हामी प्रतिवध्द रहंदै २५ जना भन्दा कम को भौतिक उपस्थिति, मास्क, हैण्ड स्यानीटाईजर को प्रयोग गर्दै कोपुण्डोल बाट एकीकृत प्रगतिशील ईन्जिनीयर्स समुह केन्द्रले ईन्जिनीयर्स र आर्किटेक्टहरू र वटै प्रदेश समिती र देशभरी बाट जोडिनु भएको र यो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको घोषणा गर्दछ ।
  3. नेपाल ईन्जीनियर्स एशोसिएशन ३२ औ कार्यकारिणी तथा केन्द्रिय निर्वाचन समिती २०७७ ले पाचौ पटक निर्वाचन स्थगन गरिएको प्रति यो भेला खेद प्रकट गर्दछ । बैकल्पिक उपाय अबलम्बन गरेर भए पनि, धेरै वटा मतदान केन्द्र / उप केन्द्र / निर्वाचन धेरै दिन लगाएर भए पनि या ई भोटीडं वा अन लाईन भोटिंग भए पनि विकल्प सहित छिटो भन्दा छिटो निर्वाचन को सुनिश्चीतताको माँग गर्दछ ।
  4. डिजीटल प्लेटफर्म को उपयोग गर्दै हाईब्रिड प्रविधी अबलम्बन गरि कोभीड – १९ ओमिक्रोम को बढदो संक्रमण दरमा समेत समाजमा बैकल्पिक प्रविधी को उपयोग गरेर आर्थिक क्रीयाकलाप , गतिविधि, सभा सम्मेलन, गर्न संभव छ भनी समाजमा उदाहरणीय काम प्रस्तुत गर्दै यसको व्यापकता संभव छ भनी संचार जगतले समेत चासो लिएर यसलाई राष्ट्रीय समाचार बनाएको मा रेडियो, टेलीविजन तथा प्रिन्ट मिडीया प्रति आभार प्रकट गर्दछ ।
  5. यो समुहले निर्वाचन को बैकल्पिक निकास दिनको लागी पाँच जना अध्यक्ष का उम्मेदवार ले नेतृत्व गर्नु भएको पाँच बटै समुह को जन संगठन वा प्रतिनिधी हरूको एवम तीनका सूचना प्रविधी विज्ञ टोली सम्मिलित एउटा अन लाईन भेला वा बैकल्पिक माध्यम अपनाई “ यसरी गर्न सकिन्छ प्रविधी मैत्री चुनाव” demonstration सहीत एउटा संकल्प प्रस्ताव पास गरेर बैकल्पिक माध्यम अपनाई E – Voting या अन लाईन भोटीडं सम्बन्धमा साझा धारणा बनाई त्यसलाई सफल कार्यान्वयन गरि ईन्जिनीयर र आर्किटेक्ट हरू को प्रजातान्त्रीक हक़ र अधिकार लाई स्थापित गर्न लगाई निर्वाचन गराउने दिशामा अगाडी बढोस भनी घोषणा गर्दछ ।
  6. नेपाल ईन्जिनीयर्स एसोसिएशन लाई गतिशील र vibrant संस्था को रूपमा विकास गर्न Thematic Committee को अवधारणा लाई विकसित गर्दै साप्ताहिक Engineering Talk Show गर्ने तथा Engineering Staff College स्थापनार्थ कार्य गर्ने र तत्काल लाई Procurement/ Contract Administration/ Project Management सम्बन्धि क्षमता अभिवृद्धि गतिविधि गर्ने क़ुरा मा यो समूह प्रतिबद्धता ब्यक्त गर्दछ ।
  7. स्थानीय निकाय मा कार्यरत ईन्जिनीयर र आर्किटेक्ट हरू ले धेरै आयोजना हरूको अनुगमन, सुपरीवेक्षण गर्नु पर्ने, ग़ैर प्राविधिक कार्यालय प्रमुख मातहत काम गर्नु पर्ने, छैट्यौ म हैन सातौ तहमा भर्ना गरीनु पर्ने, जन प्रतिनिधी, सामाजीक एवम् दवाब मूलक पिडा भोगी रहेको बाध्यात्मक अवस्था अन्त्य गर्न को लागी पहल गर्ने क़ुरामा यो समूह प्रतिबद्धता व्यक्त गर्दछ ।
  8. ईन्जिनीयर एवम् आर्किटेक्ट हरू को कार्यरत आयोजना स्थलमा मा ईन्जीनियरीडं सेफटीको सुनिश्चिता को लागी ईस्टीमेट मा नै १.५ – ३% सम्म को बजेट व्यवस्था गर्ने र ईन्जिनीयरले काम गर्दा विरामी परेको अवस्था मा मेडिकल विमा, दुर्घटना विमा, जीवन विमा को सूनिश्तीतता गर्ने, दुर्घटना मा परेका प्राविधिक लाई आवश्यक क्षती पूर्ति सहीत सामाजीक न्याय सहितको पारिवारिक भरण पोषण मा राज्य ले यथोचित सम्बोधन गरोस भनी माँग गर्दँछ ।
  9. सात बटै प्रदेंस मा नेपाल ईन्जिनीयर्स एसोसीएसन को इंजीनियर्स भवन र अधिकार सम्पन्न स्वायत प्रदेश समिती र केन्द्र बाट पूर्ण रूपले सहयोग हुने घोषणा गर्दछ ।
  10. यो भेला सम्पन्न गर्न एकीकृत प्रगतिशील ईन्जीनीयर्स समूह को सबै उम्मेदवार हरूमा, स्टीयरीजडं कमिटी, घोषणा पत्र तयारी समिती, प्रकाशन / प्रचार प्रसार , आई टी समुह, डाँटा व्यवस्थापन समिती, कार्यालय व्यवस्थापन समिती, सात बटै प्रदेश समिती र नेपाल राष्ट्रीय ईन्जिनीयर्स संगठन ( NEON) सोसलिस्ट ईन्जिनीयरिंग एशोसीएशन नेपाल ( SEAN) र नेपाल ईन्जिनीयरीडं समाज (NES) एवम् सहयोगी स्वतन्त्र ईन्जिनीयर र आर्किटेक्ट सबैमा आभार तथा धन्यवाद प्रकट गर्दछ !
  11. यस समुह को आसन्न निर्वाचन मा १३४ जना ईन्जिनीयर र आर्किटेक्ट हरू उम्मेदवार हरू चुनावी प्रतिस्पर्धा मा हुनुहुन्छ ! ती सबै उम्मीदवार हरू विचमा सम्पर्क र समन्वय को लागी विभीन्न digital plareform प्रयोग गरेर प्रदेँस स्तरीय र केन्द्र र प्रदेश विच अनलाईन भेला र प्रशीक्षण तथा अंतरक्रीया गर्न आबस्यक ठान्दछ र सोही अनुसार गर्न अनुरोध गर्दछ ।
  12. एकीकृत प्रगतिशील इंजीनियर समूह ले निर्वाचन प्रचार प्रसार को क्रममा विभीन्न सरकारी, अर्घ सरकारी, संस्थान, ग़ैर सरकारी, व्यावसायिक, निजी तथा अध्ययन संस्थान, तथा मेची काली अभियान को क्रममा सम्बन्धित सरकारी , नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार र यस अभियानमा सहयोग गर्ने सबै प्रति उचित आभार र सम्मान प्रकट गर्दछ ।
  13. प्रचार प्रसार को लागी बेब साईट , विभीन्न सामाजीक संजाल ले सहजता प्रदान गर्ने भएको ले यसको विकास मा जोड़ दिदै अझै व्यवस्थित बनाउने कुरा मा जोड़ दिने मा प्रतिबद्धता व्यक्त गर्दछ ।

एकीकृत प्रगतिशील इंजीनियर समूहको तर्फबाट

ई सरोज कुमार उपाध्याय – संयोजक
ई रामेश्वर लामिछाने – सहसंयोजक
प्रो तिमिला यमि थापा – सहसंयोजक

सबै इन्जिनियरहरुलाई समेट्दै कुपण्डोल घोषणापत्र जारी

प्रकाशित मिति:January 18, 2022