माओवादी अध्यक्ष प्रचण्ड आज जनकपुर जादै

  Sampatti News

March 22, 2022

माओवादी अध्यक्ष प्रचण्ड आज जनकपुर जादै

आसन्न स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी नेकपा (माओवादी केन्द्र)ले जनकपुरमा आज मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्न लागेको छ ।

जनकपुरस्थित तिरहुतियामा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जनकपुर आउन लाग्नुभएको छ ।

जनकपुरधाममा पहिलोपटक हुन लागेको प्रशिक्षण कार्यक्रममा करिब दुई हजार ५०० जना नेता तथा कार्यकर्ताको सहभागिता रहने माओवादी केन्द्र मधेस प्रदेशका अध्यक्ष प्रह्लाद बुढाथोकीले जानकारी दिनुभयो ।

सो प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रको मधेस प्रदेशमा रहेका केन्द्रीय सदस्यहरू, प्रदेश समितिका प्रतिनिधि, जिल्ला समितिका प्रतिनिधि, जनवर्गीय सङ्गठनका प्रतिनिधिलगायतकोे सहभागिता रहने जनाइएको छ ।

माओवादी अध्यक्ष प्रचण्ड आज जनकपुर जादै

प्रकाशित मिति:March 22, 2022