मधेस प्रदेशसभाको बैठक फेरि सारियो

  Sampatti News

March 22, 2022

मधेस प्रदेशसभाको बैठक फेरि सारियो

मधेस प्रदेशको प्रदेशसभा बैठक विशेष कारण जनाउँदै फेरि सारिएको छ ।

उक्त बैठक चैत ९ गते बुधबारका लागि आह्वान गरिएकामा प्रदेशसभा सचिवालयले आज जारी गरेको सूचनामा विशेष कारण जनाउँदैै चैत ११ गते दिउँसो २ बजे बस्ने गरी सारेको हो ।

यसअघि गत फागुन २२ मा बोलाइएको बैठक चैत ९ गतेका लागि सारिएको थियो ।

बैठक बस्न ढिलाइ हुँदा प्रदेश सरकारद्वारा अघिल्लो बैठकमा पेश भएको प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुन सकेको छैन ।

मधेस प्रदेशसभाको बैठक फेरि सारियो

प्रकाशित मिति:March 22, 2022