पोखरामा गठबन्धन उम्मेदवार बिरुद्ध एमालेकाे चोर उम्मेदवार

  Sampatti News

April 26, 2022

काठमाडौँ-नेकपा एमालेले पोखरा महानगरको मेयर उम्मेदवार बनाएका नेता दीपक पौडेलले सुन चोरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाईरल भएको छ ।

एमाले केन्द्रीय सचिवालयले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेदेखीनै सामाजिक सञ्जालमा भाइरल भएको उक्त फुटेज अहिले जताततै चर्चाको बिषय बनेको छ ।

भिडिओमा एक सुनचाँदी पसलमा एक पुरूष र दुई महिला ग्राहकजस्ता देखिन्छन् । पुरूषले सुनको सिक्री खल्तीमा हाल्दै गरेको फुटेजमा देखिन्छ।

उक्त व्यक्ति एमाले उम्मेदवार पौडेल भएको भन्दै भिडिओ भाइरल भएको हो । मेयर उम्मेदवार पौडेलले भने उक्त भिडिओको ब्यक्ती आफु नभएको दावी गरेका छन् ।

एमाले कास्कीका समेत उक्त भिडिओका बारेमा पौडेलमाथी यसअघिनै प्रश्न उठेको बताईएको छ ।

सुन चोर्दै गरेको भिडिओ पोखराको पृथ्वीचोकस्थित एक सुनचाँदी पसलबाट बाहिरिएको हो ।

झन्डै १० वर्ष पुरानो भिडिओ भए पनि चोरीको आरोप लागेका व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै एमालेभित्र असन्तुष्टि चुलिएको छ ।

पोखरा महानगरमा कमजोर उम्मेदवार उठाएको भन्दै कार्यकर्ताले उम्मेदवार परिवर्तन गर्न दबाब बढाएका छन् ।

एमालेले चोरलाई मेयर उम्मेद्वार बनाएसँगै एमालेको सँगठन तथा हैसियत प्रस्ट भएको पोखरास्थित गठबन्धनका नेताहरुले बताएका छन् ।

चोरको उम्मेदवारिलेनै एमालेको हैसिएत प्रष्ट भएको भन्दै गठबन्धन उम्मेद्वार धनराज आर्चायको जित निश्चित भएको पोखराका नेकपा एस नेताहरुले दावी गरेका छन् ।

देशभरी गठबन्धनका उम्मेदवार देखेर तर्सिएको एमालेले आफ्ना उत्कृष्ट उम्मेद्वारकोरुपमा चोरलाई उम्मेद्वार बनाएसँगै सर्वत्र आलोचना चुलिएको छ ।

एमालेको उम्मेद्वार चयनमै त्रुटी देखिएपछी गठबन्धनको तर्फबाट नेकपा एसका उम्मेद्वार धनराज आर्चायले जित्ने मतान्तर थप बढने आम सर्वसाधारणको दावी रहेको छ ।

प्रकाशित मिति:April 26, 2022